प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व चतुर्दशी - १४

परिचय

यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न सेवा र सुविधामा तनहुँ, गोरखा, लमजुङ र मनाङ्ग जिल्लामा बसोबास गर्ने सेवाग्राहीको सहज पहँचलाई सुनिश्चित गर्न यातायात व्यवस्था विभागले वि.स.२०७१ साल देखि यातायात व्यवस्था सेवा कार्यालयको रुपमा कार्य गर्दै आइरहेको यस कार्यालय मिति २०७८/११/10 को निर्णय बमोजिम यातायात व्यवस्था कार्यालयको रुपमा स्थापना भई संचालनमा आएको हो बन्दीपुर -१, चिसापानी, तनहुँमा कार्यालय रही संचालन हुँदै आएकोमा सेवा विस्तारको क्रममा मिति २०७९-०३-०१ देखि बन्दीपुर -४, विमलनगरमा स्थानान्तरण गरिएको हो ।सेवा कार्यालयको रुपमा रहँदा सवारी साधन कर संकलन, रुटपरमिट, जाँचपास सम्बन्धी कार्य गर्दै आएकोमा हाल सवारी चालक अनुमतिपत्र वितरण/नवीकरण र सवारी साधन दर्ता/नामसारी समेतका सेवाहरू थप गरिएको छ । १५ जनाको स्थायी र २ जनाको अस्थायी दरबन्दी गरी १७ जना कर्मचारीको दरबन्दी रहेकोमा हाल ६ स्थायी र ६ करार गरी जम्मा १२ जना कर्मचारी कार्यारत छन् |

यस कार्यालय नेपालको संविधानले तोकेको बमोजिमको यातायात क्षेत्रसँग सम्बन्धी सुविधामा नागरिकहरूको सरल, सहज र समान पहुँच सुनिश्चित गर्दै यातायात क्षेत्रमा लगानी अभिवृद्धि गर्ने र वातावरण अनुकूल प्रविधिलाई प्राथमिकता दिदै सार्वजनिक यातायातलाई प्रोतसाहन र निजी बनाउने नीति गरी यातायात क्षेत्रलाई सुरक्षित, व्यवस्थित र अपांगता भएका व्यक्ति अनुकूद्यन बनाउने नीति बमोजिम भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेश अन्तर्गत रहेन गरी तनहुँ, गोरखा, लमजुङ र मनाङ्ग जिल्लाको यातायात क्षेत्रसँग सम्बन्धित सम्पूर्ण कार्य सम्पादन तथा नियमन गर्ने गरी स्थापित भएको स्थायी प्रशासकीय सङ्गठन हो ।